सृष्टिद्धारा अनमोललाई टक्कर


 


काठमाण्डौ, चैत्र १०
फिल्म ‘गाजलु’बाट डेब्यु गरेकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनेता अनमोल केसीलाई टक्कर दिने भएकी छिन् । निक्कै प्रतिक्षा गरिरहेको अनमोलको फिल्म ‘कृ’लाई टक्कर दिन सृष्टिको फिल्म ‘रोमियो एण्ड मुना’ आउने भएको छ । भदौ ९ गते अनमोल तथा अदिति बुढाथोकीद्वारा अभिनित फिल्म ‘कृ’ हलमा लाग्ने पक्का भइसकेको छ।
यही मितिमा सृष्टि र निर्माता तथा अभिनेता विनय श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एण्ड मुना’ रिलिज गरिने भएको छ । अभिनेता विनयले सृष्ठि र आफ्नो एक तस्विर फेसबुकमा पोस्ट गर्दै यसको जानकारी दिएका छन् ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्