‘झुल्केको घाम’ लिएर झुल्किए अशोक (भिडियो सहित)


 


काठमाडौं, चैत्र १०

गायक अशोक मुकारुङको एकल गीती एल्बम ‘झुल्केको घाम’ सार्वजनिक भएको छ । विहिबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, नेपाली वाङमय परिषद्का अध्यक्ष शशी लुमुम्बु लगायतका स्रष्टाले संयुक्तरुपमा विमोचन गरे ।

मुकारुङले निकै लामो समयपछि ल्याएको यो चौथो एल्बम हो । एल्वममा ७ गीत समावेश रहेका छन् । एल्बममा गौरब गुरुङ, खेमराज गुरुङ, तुलसी बस्नेत, वसन्त मुकारुङ, वसन्त ताम्सुहाङ र गंगाराज मुकारुङको शव्द छ भने वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ, सुमन राईको संगित रहेको छ ।

कार्यक्रममा ‘झुल्केको घाम’ र ‘लैबरी’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । गायक मुकारुङले लामो समय पछि ल्याएको एल्वममा मौलिकता दिन खोजिएको बताए । एल्वमलाई सेवा इन्टरटेडमेन्टले बजारमा ल्याएको छ ।

भिडियाे

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्