बयालपाटा अस्पताललाई सांग्रिलाले दियो ‘अक्सिजन कन्सन्ट्रेटर’
काठमाडौँ २६ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।
बयालपाटा अस्पतालमा आयोजित समारोहमा सांग्रिला डेभलपमेन्ट बैँक साँफेबगरका शाखा प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’हस्तान्तरण गर्नुभयो ।
अस्पतालका निर्देशक डा. पाठकले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा विरामीको उपचारका लागि अक्सिजन ब्यवस्थापन गर्न सहज हुने बताउनुभयो । ५० बेडको यस अस्पतालमा दैनिक दुई सयदेखि दुई सय पचास जनासम्म र बार्षिक ७० देखि ८० हजारसम्म विरामीले उपचार सेवा लिने गरेको निर्देशक डा।पाठकले बताउनुभयो ।
सांग्रिला डेभलपमेन्ट बैंंकले यसअघि मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृती गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार
















