पाल्पामा साथीको कुटपिटबाट एकको मृत्यु



पाल्पा, साउन २७ । पाल्पाको रिब्दीकोटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छव ।

रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीमा स्थानीय झविन्द्र खाम्चाको कुटपिटबाट उनकै छिमेकी ४४ वर्षीय रामबहादुर अर्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरी सामान्य झगडामा भएको कुटपिटबाट घाइते भएका अर्गालीको उपचारपछि फर्केर घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवन कुमार भट्टराईले बताए ।

प्रहरीले घटनामा संलग्न आरोपमा कुटपिटमा संलग्न खाम्चालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्