उत्तराखण्ड बाढीमा बेपत्ता २६ नेपालीको नाम सार्वजनिक (सूचीसहित)
काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढी–पहिरोमा बेपत्ता भएका २६ जना नेपाली नागरिकको नाम सार्वजनिक गरिएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ जना र पौडीगढवालको बंकुरामा पाँच जना बेपत्ता भएका हुन् ।
धरालीमा हराउनेहरू प्रायः होटल र स्याउ फार्ममा काम गर्न गएका नेपालीहरू हुन् । उनीहरुको खाजी कार्य तीब्र पारिएको दूतावासले जनाएको छ ।
उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ ।
धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार










