सभामुख घिमिरे र प्रमुख सचेतकहरूबिचको संयुक्त बैठक स्थगित



काठमाडौंं । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरू बिचको संयुक्त बैठक स्थगित भएको छ ।

सभामुख घिमिरेको कार्याव्यस्तताले ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

सभामुख घिमिरेले आज ११ बजे बस्नेगरी प्रमुख सचेतकहरूसँग बैठक बोलाएका थिए ।

सभामुख देवराज घिमिरे संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा गडबडीबारे गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे संसद्मा रहेका दलहरूका प्रमुख सचेतकहरूसँग संयुक्त बैठक राखेका थिए ।

यस्तै छलफलमा प्रतिनिधिसभा बैठकको कार्यसूचीसहित विभिन्न प्रतिवेदनमाथि छलफल गर्ने बताइएको थियो ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्