कुलिङ पिरियड प्रकरण : रामहरी खतिवडाले दिए राजीनामा



काठमाडौं । कुलिङ अफ पिरियड सम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार किटान गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर सम्बोधन गर्दै उनले राजीनामा दिएको बताएका हुन् । उनले भने–‘निजामती विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्छ भनेर लागि पर्ने मै थिएँ र अझै छु । राजनीतिमा गरेको जस नपाइने । तर, नगरेको अपजस भोग्नुपर्ने रहेछ । नखाएको विष लाग्दैन ।’

समितिले आफूलाई किटान नगरेपनि जिम्मेवार भनेर बोध गरेको हुँदा हाँसी हाँसी सभापतिको पदबाट राजीनामा घोषणा गर्दछु ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्