सर्वोच्च अदालतबाट रास्वपाका ढकालको रिट खारेज



काठमाडौँ २७ साउन । सर्वोच्च अदालतले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीको हैसियतले काम गर्न पाउनुपर्ने माग गर्दै मुकुल ढकालले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले आज उक्त रिट निवेदन खारेज हुने आदेश गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त विवादमा रिट निवेदन खारेज  भई निर्देशनात्मक आदेश आएको जानकारी दिनुभयो । रिटमा लिखित आदेश आउन भने बाँकी रहेको उहाँले बताउनुभयो । 

रास्वपाका संस्थापक महामन्त्री ढकाललाई पार्टी हित विपरीत गतिविधि गरेको भन्दै २०८१ असार २६ मा पार्टीबाट निष्कासन गरिएको थियो । उक्त निर्णयविरुद्ध ढकालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । 

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्