आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं, साउन २८ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ ।

आज दिउँसो देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, कोशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक÷दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्