मुकुल ढकालको रास्वपाको राजनीतिमा ‘ब्रेक’
काठमाडौँ, साउन २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री मुकुल ढकालको पार्टीमा पर्किने बाटो सकिएको छ ।
पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी हटाइएका उनलाई पुनः पार्टीमै फर्किएर काम गर्ने बाटो सकिएको हो । उनले पहिलेझैं महामन्त्रीको जिम्मेवारीमा काम गर्न दिनुपर्ने भन्दै सर्वाेच्च अदालत पुगेपनि न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको मंगलबारको इजलासले रिटमाथि अन्तिम सुनुवाइ गर्दै ढकालको मागदाबी पुग्न नसक्ने भन्दै त्यसलाई जारी गर्न अस्वीकार गरेको छ ।
वैधानिक रुपमै रास्वपाबाट निस्काशनमा परेपछि उनीमाथि रास्वपा राजनीतिमा ब्रेक लागेको छ । मुकुललाई रास्वपाले गत वर्ष साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको थियो ।
तर, निर्णय अद्यावधिक नभएको भन्दै निर्वाचन आयोगको अभिलेखलाई आधार मानी आफू नै महामन्त्री भएकाले त्यसअनुसार पार्टीले जिम्मेवारी दिनु पर्ने जिकिरका साथ ढकाल सर्वोच्च पुगेका थिए ।
गत असार ११ मा उनले आफूलाई निकाल्ने पार्टीको निर्णयविरुद्ध दायर गरेको रिटमाथि लगातार दोस्रो दिनको सुनुवाइपछि सर्वोच्चले मंगलबार रिट खारेज हुने निर्णय गरेको हो ।
मुकुल र रास्वपाको विवाद विवाद मुख्यतयन उनले तयार पारेको समीक्षा प्रतिवेदन र त्यसको प्रस्तुति र पार्टी अनुशासनसँग जोडिएको छ ।
रास्वपाले ढकाललाई पार्टीबाट निष्कासित गरेपछि यसअघि नै उनको स्थानमा कविन्द्र बुर्लाकोटीलाई सहमहामन्त्री र मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिइसकेको छ ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार










