पहिरोले जोमसोम-कोरला सडक अवरुद्ध



काठमाडौँ, साउन २८ । लेदोसहितको पहिरो खसेपछि जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बिहानदेखि खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवत जावत बन्द भएको छ ।

अवरोध हटाउन सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्