पेट्रोलको मूल्य बढ्यो, मट्टितेल र डिजेलको घट्यो



काठमाडौं, ३० साउन। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेलरमट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यस्तै डिजेलरमट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्