ऐश्वर्या र करणबीच बोलचाल बन्द


 


काठमाण्डौ, चैत्र ११

बलिउड फिल्म मेकर करण जोहर र अभिनेत्री ऐश्वर्या राय बच्चन नजिकका साथी हुन । अहिले यी दुइको सम्बन्धमा चिसोपन आएको खबर छ । जसको मुख्य कारण बनेकी छिन् नायिका अनुष्का शर्मा । फिल्म ‘ए दिल हे मुस्किल‘को प्रमोशनको बेला अनुष्का हुँदा करणले ऐश्वर्यालाई प्रमोशनमा जान दिदैनथे । किनकी करण ऐश्वर्यालाई मुख्य हिरोइनको रुपमा चिनाउन चाहदैनथे । यहि कारण ऐश्वर्या करणप्रति रुष्ट बनिन् ।

यतिमात्र नभई ए दिल हे मुश्किलको सफलता पछि करणले ऐश्वर्यालाई फिल्म अफर समेत गरेका थिए । तर उक्त अफर ऐश्वर्याले सिधै अस्विकार गरेकि थिइन् । करण र ऐश्वर्या दुवैले एक अर्कासंग बोलचाल समेत बन्द गरेको समेत चर्चा छ। यतिबेला ऐश्वर्या आफ्नो पितृ शोकमा छिन् ।

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्