फिल्म अपरिचित चैत्र २५ गतेबाट प्रदर्शनमा आउने


 


काठमाण्डौ, चैत्र १३

फिल्म अपरिचित चैत्र २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि नम्रता श्रेष्ठको पर्व आउने चर्चाका बीच सो फिल्म रिलिज सरेर जेठ पुगेपछि अब यो मितिमा अपरिचित आउने पक्का भएको हो ।

जुना फिलमुको ब्यानरमा निर्माण भएको अपरिचितमा प्रज्वल गिरी, ध्रुव कोईराला, सारिका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष बर्देवा लगायतको मूख्य भुमिका छ । फिल्मलाई रुपेश थिङले निर्देशन गरेका हुन् । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि फिल्मबाट मुलधारको फिल्म निर्देशन यात्रा सुरु गरेका हुन् ।

फिल्ममा लगानी मिलन लामा र जविन्द्र सुब्बाले गरेका छन् । भने कार्यकारी निर्माता अमृत थिङ हुन् । एक्शन लभ स्टोरी जनराको भनिएको फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् ।

प्रकाशित मिति: १३ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्