डिप फेक प्रयोग गरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिएको साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले साइबर ब्युरो जाने भएका छन् ।

सामाजिक सञ्जालमा ‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको भन्दै उजुरी लिएर उनी नेपाल प्रहरीको साइबर ब्युरो जाने भएका हुन् ।

उपसभापति वाग्ले आज दिउँसो उजुरी लिएर साइबर ब्युरो जान लागेका रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने- ‘उपसभापति माननीय डा. स्वर्णिम वाग्लेको आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिप फेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । सो कार्यको विरुद्धमा उजुरी दिन साइबर ब्युरोको कार्यालय जाँदै हुनुहुन्छ ।’

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्