भारतले संसारमै पहिलोपटक सौर्य उर्जाबाट रेल चलाउने


 


नयाँ दिल्ली, असार १२

भारतीय रेल सेवा निगमले छिट्टै आफ्ना सम्पूर्ण रेलहरु सौर्य उर्जाबाट संचालन गर्नेभएको छ । संसारमै पहिलोपटक गरिन लागिएको यो कामको योजना अनुरुप निगमले रेवाडी–सीतापुर यात्रु ट्रेनको छतमा सोलार प्यानल लगाउन सुरु गरेको छ । यदि सौर्य उर्जा प्रणालीको यो प्रयोग सफल भएमा यसले इन्धन खपत घटाउने र वातावरणलाई पनि फाईदा हुने जनाइएको छ ।योजनाका अनुसार रेलवेले आगामी ५ वर्षमा १००० मेगावाट सौर्यउर्जा संग्रह गर्ने लक्ष्य राखेको बताइएको छ।
रेवाडी–सीतापुर यात्रु ट्रेनको छतमा ३ लाख ९० हजार भारतीय रुपैंयाको लागतमा जडान गरीएका सोलार प्यानलका कारण वार्षिक १ लाख २४ हजार भारतीय रुपैंया बचत हुने बताइएको छ । काङ्गडा घाटी स्टेसनमा पठानकोट–जोगिन्दरनगर रुट र कालका–शिमला रुटमा चल्ने दुई ट्रेनहरुमा पनि परिक्षणको लागि सोलार प्यानल जडान गरीएको बताइएको छ।
जडान गरिएका सोलार प्यानलले एक दिनमा लगभग १७ युनिट उर्जा उत्पन्न गर्ने र यसले रेलमा बत्तिका लागि चाहिने उर्जा पनि उपलब्ध गराउने बताइएको छ। निगमले एसी नभएका कोचहरु र दिवा ट्रेनहरुमा मात्रसोलार प्यानलहरु जडान गरिएको बताइएको छ।
 छिट्टै रात्री ट्रेनहरुमा पनि लागू गरीने र देश भरी रहेका आफ्ना सबै स्टेसन र बिल्डिङहरुमा सोलार प्यानल जडान गरी उर्जा सङ्कलन गर्ने लक्ष्य निगमले राखेको छ ।

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्