कपिलको ‘शो’मा फर्किए डाक्टर गुलाटी


 


काठमाण्डौ,चैत्र १६

हिन्दी कमेडी द कपिल शर्मा शोका प्रशंसका लागि खुशिको खवर छ । लोकप्रिय कलाकार सुनिल ग्रोवर उर्फ डा मशहुर गुलाटी अब शोमा फर्किने भएका छन् । गत साता शोका निर्माता तथा निर्देशक कपिल शर्मासँगको वादविवाद पछि सुनिलले शो छाड्ने घोषणा गरेका थिए ।

अष्ट्रेलियबाट फर्किने क्रममा फ्लाइटमा कपिलले रक्सी पिएर सुनिलमाथी हात हालेको थिए । कपिलले सुनिललाई गालीबेइज्यत गरेपछि सुनिल गत साता शो को सुटिङमा आएका थिएनन् ।

कपिलको हर्कतका कारण अन्य कलाकार किकु शर्मा, अलि असगर, सुगन्धा मिश्रासमेत शो छाड्ने मनस्थितीमा पुगेका थिए । उक्त घटनापछि कपिल शर्माले सामाजिक सञ्जाल मार्फत माफी पनि मागेका थिए ।

तर अव कपिल र सुनिलबीचको झगडा साम्य भएको भारतीय सञ्चारमाध्यममा खवर छ । खबर अनुुसार शोको आउँदो अंक देखि सुनिल लगायतका सबै कलाकार हुनेछन् ।

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्