यी व्यक्तिका कारण भयो रणवीर-दीपिकाको ब्रेकअप



काठमाण्डौ,चैत्र १६
लभ बर्ड’ भनिने गरिएका अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण केही समयदेखि एकसाथ देखिएका छैनन् । एउटै पार्टीमा सहभागी हुने गरे पनि उनीहरु एक–अर्कालाई बेवास्ता गरिरहेका देखिन्छन् । बलिउडमा रणवीर र दीपिकाको ब्रेकअप भइसकेको चर्चा सुरु भइसकेको छ । र ब्रेकअपका कारण संजय लीला भन्साली रहेको बताइएको छ । त्यसो भए दीपिकाको जीवनमा संजयलीला भन्साली आएका हुन् त भन्ने चर्चा पनि चलिरहेकै छ ।

रणवीर र दीपिका चाँडै फिल्म ‘पद्य्मावती’मा देखिँदैछन् । खबरअनुसार, भंसालीले रणवीर र दीपिकालाई मिडियाअगाडि एक–अर्कालाई टाढा राख्न बताएका छन् । दुवैलाई एकसाथ देखेर कतै फिल्ममा दुवैको क्रेज घट्न सक्छ, भन्ने अनुमान लगाउँदै भंसालीले रणवीर र दीपिकाबीच दुरी बढाएको बताइएको छ ।

पार्टीमा मात्रै होइन, अवार्ड कार्यक्रम अन्य विभिन्न मौकामा र भ्यालेनटाइन डेमा पनि रणवीर दीपिका एकअर्काबाट टाढा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News