दशैंँको मुखमा ५ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध
काठमाडौँ, असोज ९ । देशका विभिन्न पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार संखुवासभामा अविरल वर्षाका कारण भाटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवामा पहिरो गएको कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
रसुवामा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल भत्किँदा गल्छीदेखि मैलुङ रसुवा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ ।
त्यसैगरी इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा गएको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
रुकुम पूर्वीमा पहिरोका कारण भूमे गाउँपालिका–४ काँडाबगर स्थित मध्य पहाडी लोक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार












