आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, असोज १६ । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा आज (बिहीबार) सबै प्रदेशमा साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग लगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि सबै प्रदेशमा साधरणतया मौसम बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार












