धनगढी–अत्तरिया–फूलबारीसम्म निःशुल्क बस



धनगढी, १६असोज दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन भइरहेको छ । धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रालिले निःशुल्क बस सञ्चालन गरेको हो । 

दसैँमा टीका थाप्नका लागि एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने व्यक्तिको सहजताका लागि निःशुल्क बस सञ्चालन गरेको जनाइएको छ ।

बस धनगढीको चौराहादेखि फूलबारीसम्म, फूलबारीदेखि चौराहासम्म, चौराहादेखि अत्तरियासम्म, अत्तरियादेखि चौराहासम्म चल्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिनुभयो । 

उहाँले निःशुल्क बस सञ्चालनको समय तोकिएको उल्लेख गर्नुभयो । दसैँमा यातायातका सवारी साधन बन्द हुने गरेकाले टीका थाप्न एक ठाउँबाट अर्को ठाउँमा जाने लगायतका व्यक्तिको समस्यालाई मध्यनजर गरी निःशुल्क बस सञ्चालन गरिएको हो । 

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्