राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण



काठमाडौं, १६ असोज  राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ। 

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो । 

उहाँले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गर्नुभएको हो । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले  प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिनुभएको थियो ।

प्रकाशित मिति: १६ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्