जब विवादपछि पहिलो पटक आमने–सामने भए कपिल र सुनिल


 


काठमाण्डौ, चैत्र १८

विवादपछि सुनिल ग्रोभरले कपिल शर्माको ‘शो’मा नफर्किने मनसाय बनाइसकेको देखिन्छ । कपिलले धेरै पटक अनुरोध गरे पनि सुनिल ‘शो’मा फर्कन तयार छैनन् ।

हालै, कपिल र सुनिल फिल्मसिटीमा देखिए, दुवैजना आमने–सामने थिए । सबैको नजर सुनिल र कपिलतिर थियो । सबैले आशाको नजरले हेरिरहेका थिए, सायद दुवैबिच विवाद अन्त्य हुनेछ भन्ने आशा गरिँदै थियो । तर, यस्तो भएन । उनीहरुले एक–अर्कालाई बेवास्ता गर्दै नदेखे झैँ गरे, संवाद गर्ने त कुरै भएन ।

फिल्मसिटीमा कपिल शर्मा आफ्नो ‘शो’को शुटिङ गरिरहेका थिए । त्यही घरको अर्को स्टुडियोमा सुनिल ग्रोभर इन्डियन आइडलको ‘ग्यान्ड फिनाले’को सुटिङ गरिरहेका थिए । तर, दुवैले एक–अर्कालाई भेट्ने प्रयास पनि गरेनन् । दुवैले चाहेको भए मिलेर विवादलाई अन्त्य गर्न सक्थे, तर त्यस्तो नभएको बताईएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्