धनकुटामा मिनी ट्रक दुर्घटना, दुई जना गम्भीर घाइते
धनकुटा, असोज २७ । धनकुटामा गएराति मिनी ट्रक दुर्घटना भएको छ ।
धनकुटाबाट मुलघाट तर्फ आउँदै गरेको प्र. ३–०१–०० ३ क ६९०६ नम्बरको मिनि ट्रक गएराति धनकुटा नगरपालिका–९ पाँच गोलाई भन्ने स्थानमा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो ।
सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–५ बस्ने बर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को दिनेश कार्की गम्भिर घाईते भएका हुन् ।
दुर्घटना पश्चात सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश मुलघाट र प्रहरी चौकी मुलघाटले उद्धार गरी उपचारको लागि बिहान ४ः३० बजे एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाएको छ ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












