निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन 



काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ । हिराप्रसाद सेती अध्यक्ष रहने गरी आइतबार आयोगमा निवेदन परेको हो । निवेदनमा चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ ।

स्रोतका अनुसार, आयोगले सो नामलाई पार्टीका रूपमा दर्ता गर्ने सम्भावना भने कम छ । जेनजी पुस्ता भएकाले त्यो नाम दिने सम्भावना कम रहेको हो ।

‘जेनजी पुस्ता हो । पार्टीको नाम दिने कुरा नहोला । आयोगले नाम फेर्न भन्ने सम्भावना छ,’ आयोग स्रोतले भन्यो ।

नयाँ दल दर्ताका लागि कात्तिक मसान्तसम्मको समय तोकिएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्