शाहिद पत्नी ‘मीरा’ अब फिल्ममा देखिने



काठमाण्डौ , चैत्र २१

अभिनेता शाहिद कपूरकी पत्नी मीरा राजपूतको परिचय कुनै फिल्म अभिनयसँग जोडिएको छैन । एक साधारण युवतीलाई एक स्टारले विवाह गरेपछि एकाएक चर्चामा आइन् र अब मिरा पनि फिल्ममा देखिने बताइएको छ ।

हिजोआज मीरालाई धेरै फिल्मको अफर आइरहेको बताइएको छ । मिरा आफ्ना सेलिब्रेटी श्रीमान् शाहिदसँग सबैजसो कार्यक्रममा सहभागी भएको देखिन्छ । मिराले मिडियाको अगाडि पहिलो पटक ‘कफि विद करण’मा डेब्यु गरिन् । त्यसबेला मीराले फिल्म ‘पद्मावती’मा काम गर्न चाहेको इच्छा व्यक्ति गरेकी थिइन् ।

यद्यपी, मीराले अफर गरिएका सबै फिल्म अस्विकार गरिरहेको पनि बताइएको छ । शाहिदले पनि एक अन्तरवार्तामा अहिले नै मीराको फिल्ममा आउँने कुन मनसाय नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News