कोरियामा एक नेपाली मृत फेला


 


सउल, असार १३

कोरियामा मकवानपुरका एक नेपाली मृत फेला परेका छन् । फलामको साङलोमा बेरिएको अवस्थामा मकवानपुर घर भएका सचीन श्रेष्ठ मृत भेटिएका हुन् ।

उनी आफूले काम गर्ने कम्पनीकै मेसिनको हस्टमा भएको फलामको साङलोमा बेरिएका थिए ।

‘झण्डै साढे ६ वर्ष कोरियामा विताएका सचिन केही दिनदेखि तनावरहे जस्तो देखिएका थिए’, कोरियामासँगै बस्ने साथी लालबहादुर महराले भने ।

एक वर्षअघि मात्रै विवाह गरेका सचिन ४ वर्ष १० महिना कोरियामा काम गरी स्वदेश फर्किएका थिए । उनी पुनः रोजगारीका लागि कोरिया आएका थिए । सचिन कार्यरत कम्पनीमा भने दुई जना नेपाली मात्रै रहेको जनाइएको छ ।

घटना लगत्तै घटनाकाे वास्तविकताबारे अनुसन्धान थालिएको एनआरएनए काेरियाका अध्यक्ष बिनोद कुवँरले बताए ।

प्रकाशित मिति: १३ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्