१४ दिनपछि आयो कपिल शर्माको ट्विट, के लेखे ?


 


काठमाण्डौ, चैत्र २३

सहकर्मी सुनिल ग्रोभर, चन्नद प्रभाकर, अली असगरसँगको विवादपछि सामाजिक सञ्जालबाट हराएका कमेडियन कपिल शर्मा १४ दिनपछि ट्विटरमा फर्किएका छन् ।

ट्विटरमा कपिलले अन्तिम पोष्ट २० मार्चमा सुनिलसँग माफी मागेका थिए । १४ दिनपछि ट्विटरमा पोष्ट गर्दै कपिलले आफू राजस्थानको जंगलमा सुटिङमा व्यस्त भएका कारण अनलाइन हुन नपाएको जानकारी दिएका छन् र सबैलाई माया र शुभकामनाका लागि धन्यवाद पनि दिएका छन् ।

सुनिल ग्रोभरसँगको विवादका कारण कपिलले सामाजिक सञ्जालबाट बिदा लिएको सबैले अनुमान गरेका थिए । एप्रिल २ कपिलको जन्मदिनका लागि पनि उनी कुनै सामाजिक सञ्जालमा देखिएनन् । आफ्नो शुभचिन्तकसँग जोडिएनन् । तर, अब उनि फेरि ट्विटरमा फर्किएका छन् ।

प्रकाशित मिति: २३ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्