कहाँ कस्तो छ आजको मौसम ?



काठमाडौं, कार्तिक २४ । हाल देशमा हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसले गर्दा आज देशभर मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी आज रातिको समयमा पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्