किन विद्यालय भर्ना भइन् सन्नी लियोन् ?


 


काठमाण्डौ, चैत्र २४

फिल्मी संसारबाट केही समयका लागि ब्रेक लिएर बलिउड अभिनेत्री सन्नी लियोन एक पटक फेरि विद्यालयमा भर्ना भएकी छिन् ।

हिजोआज सन्नी लियोन अमेरिकाको लस एञ्जल्समा छिन् र उनले फिल्म लेखन तथा सम्पादनको कोर्समा आफना्े नाम भर्ना गराएकी छिन् । सन्नी लियोन अन्तिम पटक शाहरुख खानको फिल्म ‘रईस’को ‘लैला मै। लैला’मा देखिएकी थिइन् ।

फिल्मबारे बिशेष र राम्ररी बुझ्नका लागि सन्नी यी कोर्स गर्न चाहेको बताएकी छिन् । फिल्मबारे धेरै कुराको ज्ञान हासिल गरेपछि फर्कने सन्नीले बताएकी छिन् ।

प्रकाशित मिति: २४ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्