कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, मंसिर १० । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै आज रातिको समयमा देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्