२७ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र नआए कारबाही (सूचीसहित)
काठमाडौं, मंसिर १० । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेर सम्पर्कविहीन भएका २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
उनीहरूको नाम, ठेगाना र गैरहाजिर भएको मितिसहितको विवरण सार्वजनिक गर्दै प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
प्रहरीले गैरहाजिरको कारण स्पष्ट खुलाएर सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












