निर्वाचनका लागि दल दर्ता गराउने समय आज सकिँदै



काठमाडौँ, मंसिर १० । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज सकिँदैछ ।

निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

आयोगमा पहिले नै दर्ता भएका कुल १३४ दल मध्ये मंगलबारसम्म ८० दलले मात्रै दल दर्ता गराएका छन् ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्