Deshko News
१२ मंसिर २०८०, मंगलबार

कपिलको शो बन्द गरेर सोनीले सुनिललाई छुट्टै शो गर्न दिने 


 


काठमाडौं ,चैत्र २७

सोनी टिभीले कपिल शर्माको कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द गर्ने तयारी गरेको चर्चा भारतीय मिडियामा चलेको छ।सोनी च्यानलले कपिलमा १०७ करोड भारु लगानी गर्दा पनि कपिल कै कारण शोको टिआरपी घटेको र च्यानलले ठूलो नोक्सानी बेहोरेपछि यस्तो निर्णय लिनसक्ने अनुमान भारतीय मिडियाले गरेका हुन।

सोनीले कपिलको शोको सट्टा सुनिल ग्रोभरलाई आफ्नै शो दिनसक्ने बताइएको छ । सुनिल र कपिलको विवाद बढेपछि सोनीको प्रतिस्पर्धी च्यानल कलर्सले सुनिलसंग सम्पर्क गरेको बताइएको छ। तर कलर्ससंग सुनिलले कुनै सम्झौता गरेका छैनन्। तर यसैकारण सोनी च्यानल भने दबाबमा आएको छ। सुनिलले कपिल शर्मा शोमा निभाउँदै आएको क्यारेक्टर, रिङ्कु भावी र डा. महसुर गुलाटीमाथी सोनीको अधिकार छ।

कपिल शर्माको कारण मिडियामा आएको नकारात्मक खबर र शोले भोग्नुपरेको आर्थिक घाटाका बीच सोनीले सुनिललाई छुट्टै शो दिदाँ आश्चार्य भने मान्नुपर्दैन।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्