एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा सम्पन्न “डिजिटल पेमेंट लिडरशिप समिट”-मा Digital Payment Growth Award प्राप्त गरेको छ।
बैंकले व्यावसायिक कार्ड (Commercial Card) क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन तथा डिजिटल भुक्तानी प्रवर्द्धनमा दिएको महत्वपूर्ण योगदानको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको भिसाले जनाएको छ।
एनएमबि बैंकले डिजिटल भुक्तानीको पहुँच विस्तार, व्यावसायिक कार्ड प्रयोग वृद्धि तथा ग्राहकमैत्री सेवामार्फत डिजिटल कारोबारलाई सुदृढ बनाउन लगातार योगदान दिँदै आएको छ।
हाल बैंकले २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत देशभर उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार
















