श्रीलंकामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १५९ पुग्यो, सयौँ बेपत्ता
एजेन्सी । श्रीलंकामा चक्रवात ‘दिट्वा’का कारण आएको भीषण बाढी र पहिरोमा परेर हालसम्म १५९ जनाको ज्यान गएको छ ।
श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १५९ पुगेको हो ।
देशभर खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ भने २०० भन्दा बढी अझै बेपत्ता छन् ।
चक्रवातका कारण २ लाख १७ हजार २६३ परिवारका ७ लाख ७४ हजार ७२४ जना प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये २७ हजार ४९४ परिवारका १ लाख ८९८ जना अहिले ७९८ निकासी केन्द्रहरूमा आश्रय लिइरहेका छन् ।
सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ । जहाँ, हेलिकप्टर र डुंगा प्रयोग गरी फसेका बासिन्दाको उद्धार गरिएको छ ।
अत्यधिक वर्षा, बाढी र पहिरोबाट सबै जना सतर्क रहन श्रीलंकाली अधिकारीहरूले आग्रह गरेका छन् ।
प्रकाशित मिति: १४ मंसिर २०८२, आइतबार
















