यस्तो छ आज देशभरको मौसम पूर्वानुमान
काठमाडौँ, मंसिर १८ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
त्यसैगरी आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ । यहाँ आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार












