कोरियामा एक नेपाली युवाकाे मृत्यु


 


काठमाडाैं, चैत्र २८

रोजगारीका लागि २ बर्ष पहिले कोरिया पुगेका एक नेपाली युवक सुतेकै अबस्थामा मृत भेटिएका छन् । कोरियाको ख्यांजु ह्यासुंग स्थित एक फलाम कम्पनीमा कार्यरत सुनसरीका चुडाराज आलेको आफ्नै कम्पनीको आवास कोठामा सुतेकै अवस्थामा मृत भेटिएका हुन।

आइतबार राति राम्रोसँग खानपिन गरेर सुतेका चौबिस वर्षिय आले विहान उनि सुतेको कोठामै मृत भेटिएको कोरियन प्रहरीलाई उद्धृत गर्दै सोल स्थित नेपाली दुतावासले जनाएको छ।

प्रकाशित मिति: २८ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्