सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’




काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फाेन पेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड “सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड” सार्वजनिक गरेको छ ।

उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको छ ।

यस कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना नै १८ लाखभन्दा बढी व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् । डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्दछ ।

ग्राहकहरूले द्यबलपक्mबचतह्ए मोबाइल बैंङ्गिक एपमार्फत तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नुका साथै एपमार्फत सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।

सिद्धार्थ फोनपे क्रेडिट कार्डको विशेष लन्च अवसरमा, ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५०% क्यासब्याक प्राप्त गर्नेछन्, कुल क्यासब्याक अधिकतम रु. ७५० सम्मको हुनेछ जसले सदस्यता शुल्क समायोजन गर्नेछ) । यो अफर केवल सीमित अवधिका लागि लागू हुनेछ अर्थात् ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म मान्य हुनेछ । यस अवसरमार्फत ग्राहकहरूले सहज डिजिटल भुक्तानीको अनुभव लिनुका साथै आफ्नो सदस्यता शुल्क पनि प्रभावकारी रूपमा समायोजन गर्न सक्नेछन् ।

यस सेवाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्त सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्