नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्यूरा हेल्थमा छुट



काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्रा. लिले विशेष छुट प्रदान गर्ने भएको छ ।
नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लिबिच आज छुट सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवाको लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १२ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा मंसिर १९ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थको तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गर्नुभयो ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू क्यूरा हेल्थ प्रा. लिको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्