सिद्धु पनि विवादमा तानिए


 


काठमाडौं, चैत्र २९

पन्जाबका क्याविनेट मन्त्री नभजोत सिंह सिद्धु कपिल शर्माको कमेडी शोलाई लिएर फेरि विवादमा मुछिएका छन् । क्याविनेटका वरिष्ठ वकिल एचसी आरोडाले उनलाई ८ अप्रिलमा प्रसारित कार्यक्रमको एक अंशमा अश्लिल तथा दोेहोरो अर्थ लाग्ने चुटकिला सुनाएको आरोप लगाएका छन् । यहि विषयलाई लिएर उनले अदालतमा लिखित चिठ्ठीमार्फत मुद्धासमेत दायर गरेका छन् ।

सिद्धुले आरोडाले आफुमाथी लगाएको आरोप केलाउदै भने यदि शोमा अश्लिल प्रयोग गरिएको थियो भने त्यो यति धेरै लोकप्रिय हुदैनथ्यो । फलेको रुखमा निशाना लाग्छ नै तर त्यसमा विनाकारण निशाना लगाइदै छ ।

गत हप्ता पन्जाब, हरियाना उच्च अदालतमा सुनुवाई भएको मुद्धालाई पन्जाब सरकारले नोटिस समेत जारि गर्दै अर्को सुनुवाई ११ मे मा हुने बताएको छ । यसअघि मुख्यमन्त्री अमरिन्द्र सिंहले यो मुद्धालाई सामान्य वकिल अतुल नन्दसंग सल्लाह मागेका थिए । नन्दाले यदि सिद्धुले शोमा व्यंग्य गर्छन् या हसाउँने काम गर्छन भने यसमा उनको केही दोष नरहेको बताएका छन् ।

प्रकाशित मिति: २९ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्