बंगलादेशमा आम चुनावको मिति घोषणा



एजेन्सी । बंगलादेशमा चुनावको मिति घोषणा गरिएको छ ।

शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको डेढ वर्षपछि यो निर्वाचन हुन लागेको हो ।

प्रमुख निर्वाचन आयुक्त एएमएम नसिरुद्दिनका अनुसार बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुनेछ ।

विद्यार्थी आन्दोलनका कारण हसिना २०२४ अगस्ट ५ मा देश छाडेर भारत भागेकी थिइन्। त्यसबेलादेखि बंगलादेशमा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार छ ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्