रुसले गर्‍यो युक्रेनका ऊर्जा केन्द्रहरूमा सयौँ ड्रोन र दर्जनौँ मिसाइल आक्रमण



एजेन्सी । रूसले युक्रेनका ऊर्जा प्रतिष्ठानहरूमा ४५० भन्दा बढी ड्रोन र ३० वटा मिसाइलले हमला गरेको छ ।

यसका कारण धेरै क्षेत्रको बिजुली र पानीको आपूर्ति ठप्प भएको छ भने आपतकालीन सेवाहरू त्यसलाई पुनर्स्थापित गर्न लगातार काम गरिरहेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै रूसले फेरि युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको बताए । दक्षिणी युक्रेन र ओडेसा क्षेत्रमा भएको हमलामा दुईजना घाइते पनि भएका छन् ।

बिजुली कटौती भएका क्षेत्रहरूमा किरोवोह्राद, माइकोलाइभ, ओडेसा, सूमी, खार्किभ, खेरसोन र चेर्निहाइभ सहर रहेको बताइएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्