एमाले सचिवमा शेरधन राईको उम्मेदवारी



काठमाडौं, पुस २९
नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा एमाले नेता शेरधन राईले उम्मेदवारी दिनुभएको छ । एमाले सस्थापन पक्षको तर्फबाट राईले सचिव पदमा उम्मेदवारी दिनुभएको हो ।

एमाले स्थायी कमिटी सदस्य रहनु भएका राई कोशी प्रदेश कमिटीको इन्चार्ज समेत हुनुहुन्छ । चार दशकदेखि एमालेको राजनीतिमा रहनुभएका राईले भोजपुर जिल्लामा चार कार्यकाल नेतृत्व गर्नुभएको थियो ।

उहाँ बैकल्पिक केन्द्रीय सदस्य, केन्द्रिय सदस्य, पोलिटब्युरो, स्थायी कमिटी हुँदै सचिव पदमा उम्मेदवारी दिनु भएको हो ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्