एमाले नेता राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता



काठमाडौँ, पुस १ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।

गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा उनको नाम भने समावेश हुने भएको छ । नेतृत्वको आग्रहपछि आपूmले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्