राति मतदान नगर्न पोखरेल समूहको आग्रह, समिति भने साँझ ५ बजेभित्रै सुरु गर्ने तयारीमा



काठमाडौं । नेकपा एमालेको निर्वाचन समितिले आजै साँझसम्म मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। स्रोतका अनुसार ईश्वर पोखरेल पक्षले राति मतदान नगर्न आग्रह गरिरहे पनि समितिले भने प्रक्रिया अघि बढाउने अडान लिएको छ।

निर्वाचन समितिका एक सदस्यले भने, ‘हामीलाई निर्वाचन गराउनुपर्ने बाध्यता छ। त्यसैले जतिखेर पनि मतदान सुरु गर्नुपर्छ भनेर हामी लागिपरेका छौं।’

समितिका अनुसार छिटोमा दिउँसो ४ बजेदेखि र ढिला भएमा पनि साँझ ५ देखि ६ बजेभित्र मतदान सुरु गर्ने गरी तयारी भइरहेको छ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्