बकैया–७ मा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २२ घाइते



मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटना ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बकैया–७ अँधेरीका अन्दाजी ५५ वर्षका केशव माझी, सोही स्थानका अन्दाजी ५५ वर्षका युवराज माझी र अन्दाजी ४५ वर्षका सन्तलाल माझी रहेका छन्।

दुर्घटनामा घाइते भएकाहरूको चुरे हिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्