एमालेमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै



काठमाडौं, मंसिर २ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । मंगलबार साँझ हुने भनिएको मतदान स्थगित गरिएको थियो ।

भक्तपुर सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो ।

तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्