एमाले महाधिवेशनमा ३६ प्रतिनिधि मतदानबाट वञ्जित
काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा ३६ जना प्रतिनिधि मतदान गर्नबाट वञ्जित भएका छन् ।
तोकिएको समयभित्र मतदानस्थलमा प्रवेश नगरेका कारण उनीहरु मतदानबाट वञ्जित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूलाई मतदानका लागि आज बिहान ५ बजेसम्म मतदानस्थलमा प्रवेश गर्न भनिएको थियो ।
एमाले महाधिवेशनमा २ हजार २६३ मध्ये २ हजार २२७ प्रतिनिधिले मतदान गरेका छन् ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












