कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ, पुस ३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज बिहान देशभरको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम मुख्यतया सफा रहनेछ ।
त्यसैगरी आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












